Nepal Medical Council

मनोनयन फारम बुझाउन आवश्यक निर्देशन

  1. ⁠उपाध्यक्ष पदमा उम्मेद्वारी दिन ने.मे.का. ऐन, २०२० ४.(ख) बमोजिम कम्तिमा १५ वर्षको अनुभव हासिल गरेको दर्तावाल चिकित्सक हुनुपर्नेछ ।
  2. सदस्य पदका लागि ने.मे.का. ऐन, २०२० को दफा ४.(च) र दफा ६ बमोजिम एम.बि.बि.एस./बि.डि.एस. वा सो सरहको उपाधी प्राप्त गरी काउन्सिलमा दर्ता भई ५ वर्ष पूरा भएको चिकित्सक हुनुपर्नेछ ।
  3. ⁠उम्मेद्वार हुनका लागि दर्तावाल चिकित्सकहरू मध्ये एक जना प्रस्तावक र एक जना समर्थक हुनुपर्नेछ । यस्तो प्रस्तावक वा समर्थक एकै पदका दुई उम्मेदवारको लागी दोहोरिएको हुनुहुँदैन ।
  4. ⁠उपाध्यक्ष पदको लागि फारम शुल्क रू. १,०००/- र मनोनयन शुल्क रू. १५,०००/- सहित जम्मा रू. १६,०००/- (रूपैयाँ सोह्र हजार) तथा सदस्य पदको लागि फारम शुल्क रू. १,०००/- र मनोनयन शुल्क रू. १०,०००/- सहित जम्मा रू. ११,०००/- (रूपैयाँ एघार हजार) यस काउन्सिलको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. 1150100002331001 (Account name: Nepal Medical Council) मा अनलाइन भुक्तानी वा सोझै बैंक डिपोजिट गर्नुपर्नेछ ।
  5. उम्मेद्वार मनोनयन दर्ता शुल्क तथा फाराम शुल्क फिर्ता हुनेछैन ।
  6. मनोनयन दर्ताको लागी उम्मेदवारले election.nmc.org.np/nomination वेबसाईटमा लग इन गरी विवरण प्रविष्ट गर्नुपर्ने छ र यस मनोनयन फारम डाउन्लोड गरी भरेर हस्ताक्षर गर्नु पर्ने छ।
    क) मनोनयन फारम अनलाईन मात्र बुझाउन मिल्ने छ तथा वेबसाईटमा दिईएको निर्देशन बमोजिम भर्नु पर्ने छ।
    ख) अनलाईन मनोनयन प्रकृया मिति २०८२ कार्तिक २८ को बिहान १०:०० बजेदेखी २०८२ कार्तिक ३० को दिउँसो ४:०० बजेसम्म पूर्ण समय खुला रहने छ।
    ग) डाउन्लोड गरेर प्रिन्ट गरेको यस फारम भरेर हस्ताक्षर गरी फोटो टाँस गरी स्क्यान गरेर वेबसाईटमा दिईएको स्थानमा अपलोड गर्नु पर्ने छ।
  7. मनोनयन अनलाईन दाखिला गरिसकेपछि ईमेल / SMS मार्फत submission approval दिईनेछ।
  8. ⁠मनोनयन दिएका उम्मेदवारले मिति २०८२ मंसिर २ (बिहान १०:०० बजेदेखी दिउँसो ४:०० बजेसम्म) मा आफै वा वारेस मार्फत मनोनयन प्रमाणीकरण (verification) गर्न काउन्सिलको कार्यालय (बाँसबारी, काठमाडौं) मा बैंक भौचर, नागरिकता प्रमाणपत्र, चिकित्सक दर्ता प्रमाणपत्र, फोटो र वारेस भएमा वारेसनामा निवेदन तथा वारेसको परिचयपत्र सवैको सक्कल कागजपत्र सहित हाजिर हुनु पर्ने छ।
  9. ⁠रित नपुगी र म्याद नाघी आएका मनोनयन फारम उपर कुनै कारवाही हुने छैन।
  10. ⁠मिति २०८२ मंसिर ५ गते (शुक्रबार) दिउँसो १:०० बजे अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारहरुसँग ने.मे.का. कार्यालय बाँसबारी, काठमाडौंमा छलफल कार्यक्रम आयोजना गरिएको छ।
  11. उम्मेदवारी सम्बन्धी थप कुनै जानकारी आवश्यक भएमा समितिको ईमेल election@nmc.org.np मा सम्पर्क गर्न सकिनेछ

CONTACT US

Nepal Medical Council

Bansbari, Kathmandu, Nepal

Post Box no.: 13890

Tel: +977-1-4371954 / 4377164

E-mail: election@nmc.org.np

FOLLOW US

Copyrights © 2025 All Rights Reserved by Nepal Medical Council.

Designed and Developed by: Time Infotech

An error has occurred. This application may no longer respond until reloaded. Reload 🗙